समानुपातिकतर्फ ८८ दलबाट भाग लिन निवेदन



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आजसम्मको समय दिएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त प्रतिनिधिसभा र प्रदेशभा सदस्यको निर्वाचनमा भाग लिनका लागि आयोगमा दल दर्ता गराएकामध्ये मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रिन्स पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन नआएको आयोगबाट थाहा भएको छ । रासस


क्लिकमान्डु