आजदेखि १० रुपैयाँको नयाँ नोट बजारमा



काठमाडौं । आजदेखि १० रुपैयाँको नयाँ नोट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकले आज (भदौ २७ मंगलबार) देखि बजारमा ल्याएको हो ।

राष्ट्र बैंकले सार्वजनिक सूचना मार्फत १० रुपैयाँको नयाँ नोट बजारमा आएको जानकारी दिएको छ ।

नयाँ नोटमा साविककै आकार तथा रंग भए पनि ३ वटा कृष्णसारहरुको चित्रको ठाउँमा एउटा कृष्णसारको चित्र छ ।

नयाँ नोट कस्तो छ

नोटको अग्र भागमा

१. नोटको बायाँतर्फ सगरमाथको चित्र
२. नोटकोमध्य मागको पूष्ठभूमिमा गरुड नारायणको चित्र
३. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप
४. नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत
५. नोटको तल्लो भागको बायाँ र दायाँपट्टि संकेत नम्बर
६. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं
२०७३ लेखिएको

नोटको पृष्ठ भागमा

१. नोटको माथिल्लो बीच भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको
२. नोटको मध्य भागमा एउटा कृष्णसारको चित्र
३. नोटको मध्य भागको पृष्ठभूभि फिक्का हरियो रंग
४. नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको
५. नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजिमा २०१७ एडी
लेखिएको


पुष्प दुलाल