एनएमबि माइक्रो फाइनान्सले दियो वित्तीय साक्षरता सम्बन्धी तालिम




काठमाडौं । एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्थाले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी २ दिने तालिम दिएको छ । तालिममा संस्थाको केन्द्रीय कार्यालयका ८ जना कर्मचारीहरुका साथै २८ जना शाखा प्रबन्धकरुको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले गरेका छन् ।

कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द नभए पनि यस भित्रका विषय वस्तुहरु गहन रहेको बताए ।

वित्तीय साक्षरताका विषय वस्तुहरु बचत, कर्जा, बीमा, विप्रेषण आदि रहेकोले यस वारेमा सवै ब्यक्ति तथा समुदायहरुले जान्नुपर्ने हुन्छ । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गहनाको रुपमा रहेको वित्तीय अनुशासन र सुशासनलाई हर क्षेत्रमा कायम राख्नुपर्ने उनले बताए ।

२ दिन सम्म चलेको तालिममा सहज कर्तामा हुनुपर्ने गुणहरु, वित्तीयलक्ष्य र महत्व, वचत, वचत गर्नुपर्ने कारणहरु, वचतगर्नका लागि विद्यमान चुनौती, वचत योजना, वचत सेवाहरु, ऋण, आम्दानी र खर्चहरु, आवश्यकता र चाहनाहरु, वजेट, जोखिम र त्यसलाई न्युनीकरण गर्ने उपायहरु, बिमाकाप्रकारहरु, बैदेशिक रोजगारी, विप्रेषण लगायतका विषयवस्तुहरुको वारेमा क्षमता अभिबृद्धि गराइएको थियो ।


पुष्प दुलाल