एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३०१२ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकले बोनस सेयरमा लाग्ने लाग्ने कर तिर्न १.५८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
एक्सेलको आइतबार बसेको सञ्चालक समिति बैठकले ११ करोड ५८ लाख ३० हजार २२५ रुपैयाँ बराबरको बोनस सेयर र ६० लाख ९६ हजार ३२७ रुपैयाँ ६३ पैसा नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछिमात्र लगानीकर्ताले लाभांश पाउनेछन् । बैंक ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी रहेको छ ।


क्लिकमान्डु