नेप्से ३४.८९ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.८९ अंकले घटेको छ । नेप्से २.२४ अंकले घट्दा १५१९ .६६ विन्दुमा पुगेको हो ।

नेप्सेमा आज १ सय ५८ कम्पनीका १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ९२ करोड ४२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादन मूलक समूह २४.२४, विकाश बैंक समूह ४९.६, जलविद्युत समूह ४०.४८, बैंकिङ सकूह २८.६६, बीमा समूह २९६.७१, वित्तिय समूह १३.५, होटल समूह ५१.३४ र अन्य समूह २.८९ अंकले घटेको छ । बीमा समूह र होटल समूह धेरै अंकले घटेका हुन् ।

समता माइक्रो फाइनान्स वित्तिय संस्था ४.९२ प्रतिशत र निर्धन उथान बैंक ४.४८ प्रतिशतले कमाइ गरेका छन् । छिमेक लगुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु