निर्धनका सेयरधनीलाई मालामाल हुनेगरी बोनस घोषणा



काठमाडौं । निर्धन उत्थान बैंकले सेयरधनीलाई मालामाल हुनेगरी बोनस घोषणा गरेको छ ।

चुक्ता पुँजी ६६ करोड रहेको निर्धन उत्थान बैंकले ६६.६७ प्रतिशत बोनस सेयर र १४.४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बोनस सेयर वितरणपछि निर्धन उत्थान बैंकको चुक्ता पुँजी १ अर्ब हुने छ । लघुवित्त कम्पनीमा चुक्ता पुँजी बढी हुनेमा निर्धन परेको छ ।

बैंकले ४० करोडको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।


क्लिकमान्डु