सेयर बजारमा गत साता २ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा गत साता २ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

स्टकमा गत साता १७१ कम्पनीको ४४ हजार ८१० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम गत साताको भन्दा ३२.२४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयर किनबेच भयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.१ अंकले घटेर अन्तिम दिन १५५४.५५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ ।


क्लिकमान्डु