माइक्रोम्याक्सको स्मार्टफोनमा ‘ग्राण्ड फेस्ट अफर’, सुजुकी जीक्सर बाइक जित्न सकिने



काठमाडौं। माइक्रोम्याक्सले ‘ग्राण्ड फेस्ट अफर’ अभियान दशैं र तिहारको उत्सवमय अवसर पारेर सार्बजनिक गरेको छ ।

यो अभियान ‘बाइकको राइड–दुबईको फ्लाईट, (अन्य उपहारले जिन्दगी ब्राइट)’ मुल नारासहित आएकोछ, जसले यो अभियान र अफरहरुको बारेमा जानकारी दिने कम्पनीले जानकारी दिएको छ ।

यो अभियान यहि भदौ ५ गतेदेखि शुरु भएर कार्तिक १० गते सम्म संचालन हुनेछ । यो उत्सवमय मौसममा, ग्राहकहरु जसले माइक्रोम्याक्सका स्मार्टफोनहरु खरिद गर्दछन् उनीहरुले स्क्रयाच कार्डमार्फत स्योर सट डिस्काउन्ट प्राप्त गर्नेछन् ।

ग्राहकहरुले हरेक माइक्रोम्याक्स स्मार्टफोनको खरिदमा कुपन स्क्र्याच गरेर तत्काल छुट प्राप्त गर्नेछन् । स्क्र्याच कुपनमा भएको कोड नम्बर डिलर र ग्राहक दुबैसँग हुने र त्यसको आधारमा लक्की ड्रमा सहभागी गराईनेछ । लक्की ड्रमार्फत बिजेताहरुको छनौट गरेर नाम घोषणा गरिनेछ । यो अभियानअन्तरगत बम्पर पुरस्कारमा १५५ सीसीको सुजुकी जीक्सर बाईक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अन्य आकर्षक पुरस्कारहरुमा एक जोडीका लागि दुबई टूर प्याकेज, ८ वटा ब्राभोस एलईडी टिभीहरु र ८ वटा माइक्रोम्याक्स मोबाइल सेटहरु रहेका विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु