दशैंमा आइफोन किन्दा चाँदीको सिक्का र स्कूटर उपहार



काठमाडौं । नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले दशैं तिहार अफर घोषणा गरेको छ । सो योजनाअनुसार दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरि दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुको खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ भने यसका अतिरिक्त प्रत्येक आइफोन/म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निशुल्क डिनर टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

उत्पादनहरु                                                मूल्य रु.
१ आइफोन ५एस                                             ३२,५००
२ आइफोन एसइ १६जीबी                                 ३८,०००
३ आइफोन एसइ ६४जीबी                                 ४४,०००
४ आइफोन ६ ३२जीबी                                       ४२,५००
५ आइफोन ६ १२८जीबी                                     ५५,०००
६ आइफोन ६एस ३२जीबी                                  ६५,०००
७ आइफोन ७ ३२जीबी                                        ७०,०००
८ आइफोन ७ १२८जीबी                                      ९५,५००
९ आइफोन ७ २५६जीबी                                      ९५,५००
१० आइफोन ७प्लस ३२जीबी                                ८५,०००


क्लिकमान्डु