हेलो मात्रै गर्न हजारले पुग्ने, राम्रो सेल्फिको लागि पर्छ १ लाखसम्म




काठमाडौं । दशैँ नजिकिँदै छ । आफूलाई सुहाउँदा कपडा लगायर टिका थाप्न जाने हुनुहुन्छ होला । राम्रो कपडा लगाएर टिका थापेको फोटो पनि खिच्नु पर्छ दशैमा ।

राम्रो फोटो खिच्न कुन मोबाइल किन्ने त ? यो प्रश्नले सताएको छ भने हामी तपाइलाई केही सहयोग गर्न पनि सक्छौं । काठमाडौंको जमलमा रहेको विश्वज्योती मल र काठमाडौंकै न्यूरोडको ताम्राकार हाउसमा पुगेर हामीले कुन मोवाइलको मूल्य कति छ, दशैको लागि के कस्ता अफर छन् र भन्ने जस्ता जानकारी दिन लागेका छौं ।

जमलमा रहेको विश्व ज्योती मलको तेस्रो तल्लामा रहेको ३३ नम्बरको सि लिङ्क पसलमा पछिल्लो समय विक्री भैरहेको मोबाइल सेटहरुमा ८ देखि २५ प्रतिशतसम्मको छुट दिइएको छ । यहाँ लेनोभो, जियोनी, ओपो, सामसङ, ओटो, जेटइ तथा इनफोकस जस्ता थुप्रै ब्रयान्डेड मोबाइलहरु रहेका छन् ।

यहाँ रहेको मोबाइलहरु मध्ये सबैभन्दा सस्तो मोबाइल भनेको बार फोन हो । यसको मूल्य १ हजार रुपैयाँ मात्र छ । फोटो खिच्ने वा अन्य कार्यमा मोबाइल खासै प्रयोग गर्नु हुन्न भने हेलो गर्नको लागि मात्रै यही फोन पनि तपाइलाई काफि हुन सक्छ ।

यहाँ भएको मध्ये सबैभन्दा महंगो मोबाइल भनेको सामसङ मोबाइल हो । यसको मूल्य ९० हजार रुपैयाँ छ । यहाँ रहेको हरेक फोनमा ८ प्रतिशतको छुट छ । सो पसलमा रहेको लेनोभो मोबाइल र जेटुइ मोबाइलमा २५ प्रतिशतको छुट रहेको छ ।

सो शोरुममा ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मको लेनोभो मोबाइल पनि छ । ७ हजार रुपैयाँदेखि ४४ हजार रुपैयाँसम्मको जियोनी, १ हजार २ सयदेखि २४ हजार रुपैयाँसम्मको लाभा, १४ हजार ५ सय रुपैयाँदेखि ५४ हजार रुपैयाँसम्मको ओपो, १ हजार २ सयदेखि २० हजार रुपैयाँसम्मको इनफोकस, ८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जेटइ, २० हजार रुपैयाँको ओटो फुल प्याट फोन, २ हजारदेखि ९५ हजार रुपैयाँसम्मको सामसङ मोबाइल पनि सो शोरुपमा छ ।

यस्तै यहाँ १ लाखसम्मको आइफोन अडरअनुसार विक्री गरिने सि लिङ्कका विक्रेता लखन शर्माले बताए ।

यसैगरी ताम्राकार हाउसको पहिलो तल्लामा रहेका जियोनी अथराइज स्टोरमा जियनेनीको ए वान लाइट स्मार्ट फोन छ । यसको मूल्य २५ हजार ९ सय ९९ सय रुपैयाँ रहेको छ । यो मोबाइलको फ्रन्ट क्यामरा २० एमपीको भएकोले यसमा राम्रो सेल्फी आउछ जसले आफुलाई मात्र नभइ अरुलाई पनि यसको डिस्प्लेमा अटाउने छ । यसको पछाडीको क्यामेरा १३ एमपीको छ । यसमा फ्रन्ट र ब्याक दुबै फल्यास छ । यो फोन कालो, सुनेरु र रातो रङमा बजारमा उलब्ध छ । यो मोबाइलमा ४ हजार एमएचको ब्याट्रि छ । जियोनीले यो मोबाइल खरिदमा एउटा बमपर उपहार पनि राखेको छ ।

जियोनी स्टोरमा रहेको जियोनी ए १ प्लस स्मार्ट फोन यहाँ रहेको सबैभन्दा महंगो फोन हो । यसको मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । यसमा २० एमपीको सेल्फी क्यामेरा रहेको छ ।

यस्तै सामसङ मोबाइलले ४५ दिनसम्मको लागि स्क्याच उपहारको व्यवस्था गरेको छ । एउटा सामसङ मोबाइल किन्दा १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पक्का उपहार पर्ने स्कीम राखिएको सामसङ विक्रेता विक्रमले जानकारी दिए । सामसङको सबैभन्दा महंगो मोबाइल भनेको सामसङ ग्यालेक्सी एस ८ प्लस रहेको छ । यसको मूल्य ९८ हजार ९ सय रुपैयाँ रहेको छ ।


क्लिकमान्डु