ललितपुर मोबाइल एक्स्पोमा मोवाइल किन्दा ३० प्रतिशतसम्म छुट



ललितपुर । लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो ललितपुर मोबाइल एक्स्पो२०७४ आयोजना गरिरहेको छ । कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा आकर्षक छुटको घोषणा गरेको छ ।

उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट सिधै प्राप्त गर्नेछन् । त्यसैगरी मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी २ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिइएको छ ।

त्यसैगरी हात खाली नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

कम्प्लेक्सले ग्राहकहरुलाई सस्तो मूल्यमा विभिन्न ब्राण्डका फोनहरु बिक्री गरिरहेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर कम्पनीले यहि भदौ १६ गते देखि भदौ २६ गतेसम्म संछ ।


पुष्प दुलाल