नेशनल हाइड्रो पावर कम्पनीको घाटा ६ करोड १२ लाख



काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी गतवर्ष ६ करोड १२ लाख घाटामा संचालित भएको छ ।

विभिन्न कारण सधै विवादमा आउने नेशनल हाइड्रो पावर घाटामा संचालित छ । अघिल्लो वर्षको तुलनामा भने १ करोड रुपैयाँ घाटा घटेको छ । अघिल्लो वर्ष कम्पनी ७ करोड ३१ लाख रुपैयाँ घाटामा थियो ।

१ अर्ब ३५ करोड चुक्ता पुँजी रहेको कम्पनीको ४३ करोड रुपैयाँ संचित नोक्सानी रहेको छ ।

कम्पनीले विजुली बिक्रीबाट १८ करोड रुपैयाँ कमाएको छ ।

कम्पनीले ब्याज आम्दानीको लागि तिरेको रकमको कारण अझै नाफामा गएको छैन ।

कम्पनीमा प्रति सेयर आम्दानी(इपिएस) ४ रुपैयाँ ४२ नोक्सानीमा छ ।

 


क्लिकमान्डु