मुकेश अम्बानीले एक दिनमै अर्ब कमाए



रिलायन्स जियोले फोर जी फोनको एक दिनमा ६ मिलियन अर्थात ६० लाख हैडसेटको प्रि बुकिङ गरेको छ । यसले यो जनाउछ कि मानिसहरुले जियो फोनलाई रुचाएका छन् ।

जियो फोनको प्री बुकिङको लागि प्रयोग कर्ताहरुबाट ५ सय रुपैयाँ लिइएको छ । बाँकी रहेको १ हजार रुपैयाँ डेलिवरी पछि दिनुपर्ने हुन्छ । तथापी प्रयोगकर्ता पैसा ३ वर्षपछि फिर्ता गरिने छ ।

यस्तै ६० वटा फोन प्रि बुकिङ हुनाले मुकेश अम्बानीले एक दिनमा नै ३ सय करोड रुपैया कमाएका छन् । यो फोन प्रयोग कर्ताले ३ वर्षभित्र फोनमा कम्तिमा पनि ३६ पटक रिर्चाज गर्नु पर्नेछ ।

जियो फोन प्रयोगकर्ताहरुले ३ वर्षमा कम्तिमा पनि कति रुपैयाँ खर्च गर्नुपर्ला ? यस विषयलाई लिएर हामीले केही डाटा निकालेका छौँ । यस्तै यस फोनको स्कीमको बारेमा फाइनेन्शियल एक्सपर्टहरु सँग पनि कुरा गरेका छौँ ।

यो हो प्रयोगकर्ताले पैसा गर्च गर्नु पर्नेसँगको विषयको प्रश्न

१. फोर जी फोनको लागि कम्तिमा पनि हरेक महिना कति रुपैयाँ खर्च गर्नु पर्ला र यसको डाटा ३ वर्षमा के होला ?

२. यदी मिनिमम प्लानको डाटा छिटै सकियो भने, यसको डाटा कति होला ?

३. जियो फोनलाई टिभीसँग जोडन सकिन्छ, यस्तो गर्दा डाटा छिटो सकिन्छ, तब यसको डाटा कति होला ?

एक्सपर्टहरुका भनाईः

रिलायन्स जियोको विषयलाई लिएर फाइनेन्शियल एडभाइजरहरुसँग गरिएको कुरा कानि अनुसार फोनसँगै फ्रि भन्ने शब्द लगाउने बितिकै प्रयोकर्ताहरु यसलाई लिन चाहन्छन्, मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोसँग १ सय २० मिलियनभन्दा ज्यादा प्रयोगकर्ता डाटाबेस छन् ।

यसक्रममा यस फोनको कप्नीको फाइदा हुनु स्वभाविक हो । प्रयोगकर्ता आफैले तय गर्नु पर्छ कि यो फोनको आफुलाई आवश्यक छ कि छैन ?


क्लिकमान्डु