सेयर बजारमा ३ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा यो साता ३ अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ७.४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन १५८०.०३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ४२ अंकले घटेर ३३१ दशमलव ३२ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १८ करोड ४२ लाख ७० हजार बराबरको कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख २६ हजार कित्ता सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको सात हजार ८७८ वटा सेयर कारोबार भएको स्टकले जनाएको छ ।


क्लिकमान्डु