कोहलपुर र विरेन्द्रनगरसँगै १९ शहरमा एनसेल फोरजी




काठमाडौं । दुरसञ्चार सेवा प्रधायक एनसेल थप २ शहरमा फोजी सेवा सुचारु गरेको छ । एनसेलले आज (शुक्रबार)देखि कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत)मा सेवा विस्तार गरेको हो ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने प्रिपेड तथा पोस्टपेड ग्राहकले सेवा प्रयोग गर्न सक्ने छन् ।

फोरजी सिम नभएका ग्राहकले एनसेल सेन्टरबाट १ रुपैयाँ शुल्क तिरेर सिम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै, ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् र प्राप्त डेटा ३ दिनको लागि मान्य कम्पनीले जनाएको छ ।

एनसेलले २ शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा दिएको छ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क प्रयोग गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्तगर्न सक्छन् ।

कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरहरुमा पुगेको छ । एनसेलले फोरजी सेवापहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा संचालनमा ल्याएको थियो ।

कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल लगायत नेपालगञ्जमा पनि उपलब्ध छ ।


पुष्प दुलाल