गुगलले सरभर मर्मत नगर्दा नेपालमा युट्युब, जिमेल सुस्त



काठमाडौं । गुगलले सरभरको मर्मत नगर्दा नेपलमा युट्युब, जिमेललगायत गुगलका एप्लिकेसन्स सुत्त भएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले पेस विज्ञप्तिमार्फत गुगलले समयमा सरभरको मर्मत नगर्दा सेवा सुस्त भएको जानकारी दिएको हो ।

गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखेको छ । हाल, गुगलले नेपालको आईएसपि कम्पनीहरुसँग अलग भएर आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ ।

गुगलको यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभरलाई विगत केही महिना देखि गुगलले स्तरउन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समय (वेलुका) मा सरभरहरुको क्षमता अपुग भई गुगलका एप्लिेकसन सुस्त हुने गरेको आइस्पानले जनाएको छ ।


पुष्प दुलाल