नेप्से १८.३३ अंकले घट्यो, ८५ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम दिन बिहिबार पुँजी बजार मापक नेप्से परिसुचक १८.३३ अंकले घटेर १५८० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज १ सय ६५ कम्पनीका १५ लाख ७२ हजार ३२ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ८४ करोड ९१ लाख १५ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको छ ।

सो दिन सबै समुहका उपसुचक घटेका छन् । उत्पादन मूलक समूह १.४१, विकाश बैंक समूह २४.६६, जलविद्युत समूह १७.३१, बैंकिङ समुह १६.१५, बीमा समूह १४७.१, फाइनान्स कम्पनी समूह १०.२३ र होटल समूह ११.१३ अंकले घटेको छ । बीमा समूह र विकाश बैंक समूह धेरै अंकले घटेका हुन् ।

जेनेरल फाइनान्स र निर्धन उथान बैंकका लगानीकर्ताले बढी कारबार गरेका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ सेमी वानका लगानीकर्ताले ९.९९५९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु