एकाउन्टिङ सम्बन्धि क्लाउडवेस सफ्टवेयर ‘इलेखा’ बजारमा



काठमाडौं । लेखासम्बन्धि विवरण राख्नका लागि ‘इलेखा’ सफ्टवेयर बजारमा आएको छ । दियालो टेक्नोलोजिले इलेखा सफ्वेयर बजारमा ल्याएको हो ।

क्लाउड (इन्टरनेट)मा आधारित इलेखा सफट्वेयर अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको कम्पनीको दाबी छ । बजारमा अहिले रहेका धेरै सफ्टवेयरहरु कम्प्युटरमा इन्स्टल गरेर चलाउने किसिमका छन् । कम्प्युटरको हार्डडिक्सक्र्यास हुने, भाइरस लाग्नेजस्ता सामान्य समस्याले लेखाको विवरण नै नष्ट हुने खतराबाट मुक्त हुन इलेखा उपयोगी हुने दियालो टेक्नोलोजिजका प्रबन्ध निर्देशक पिआर खनालले बताए ।

‘विकसित देशमा डेक्स्टप बेसकाएकाउन्टिङ सफ्टवेयर विस्थापित भइ क्लाउड बेसका सफ्टवेयर प्रयोग बढेको छ, यहि कुरालाई मध्यनजर गर्दै हामीले क्लाउड बेसमाआधारित सफटवेयर निर्माण गरेका हौं, उनले भने ।


पुष्प दुलाल