पुँजी बजार साढे १४ अंकले ओरालो लाग्यो, किन घट्यो बजार ?




काठमाडौं । बुधबार पुँजी बजार मापक नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । सो दिन बजार परिसुचक १४ दशमलब ५५ अंकले घटेर १५९८.३६ बिन्दुमा आइपुगेको छ ।

बजार परिसुचक १४ अंकभन्दा बढीले घटे पनि कारोबार रकम भने उत्साहप्रद नै देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सो दिन ९७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधबार बैंकिङ समुह १६.७७ अंकले, होटल समुह २२.७३ अंकले, विकास बैंक समुह ३.७६ अंकले, वित्त कम्पनी समुह ७ अंकले, जलविद्युत समुह २१.२९ अंकले र बीमा समुह १०६.२६ अंकले घटेको छ ।

‘बजार घट्नुको खास कारण देखिदैन, कुनै नीतिगत परिवर्तन भएको छैन, बजार प्रतिकूल हल्ला पनि फैलिएको छैन, दशै तिहार अघि अब बजार बढ्दैन भन्ने फेस्टिभ मुडले गर्दा घटेको हो कि जस्तो देखिन्छ,’

उत्पादन समुहको परिसुचक १२.३९ अंकले र अन्य समुह २ अंकले बढेको छ ।

गत अगष्ट ७ देखि बजार घट्न सुरु गरेको हो । अगस्ट ७ मा १६६७.९२ बिन्दुमा पुगेको बजार यसको २२ दिनपछि नै अर्थात अगष्ट ३० (आज) मा ७० अंकको हाराहारीमा घटिसकेको छ ।

अहिले बजार घट्नु पर्ने खास कारण वा हल्ला नदेखिए पनि बजार घटेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापति बताउँछन् । अब नेपालीहरुको महान् चाड दशै नजिकिदै गरेकोले दशै तिहार अघि बजार बढ्दैन भन्ने मानसिकताका कारण बजार घटेको हुन सक्ने सिजापतिको भनाइ छ ।

‘बजार घट्नुको खास कारण देखिदैन, कुनै नीतिगत परिवर्तन भएको छैन, बजार प्रतिकूल हल्ला पनि फैलिएको छैन, दशै तिहार अघि अब बजार बढ्दैन भन्ने फेस्टिभ मुडले गर्दा घटेको हो कि जस्तो देखिन्छ,’ सिजापतिले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु