अटो लोनमा १ लाखको क्रेडिट कार्ड दिँदै एनआईसी एशिया



काठमाडौं । एनआईसी एशिया बैंकले अटो लोन लिनेलाई १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड दिने भएको छ । बैंकले नेपाल अटो डीलर्स एशोसिएन (नाडा)मा अटो लोनका लागि आवेदन दिनेलाई १ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड दिने भएको हो ।

बैंकले नाडा अटो शोमा तुरुन्तै कर्जा स्विकृत गर्ने व्यबस्था गरेको छ । व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागि तुरुन्त कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने हेतूले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क (प्रोसेसिङ फी) नलिने भएको छ ।


पुष्प दुलाल