सबैभन्दा बढी सेयर मुल्य भएको युनिलिभरको यस्तो आयो ब्यालेन्ससिट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत कम्पनीमा सबैभन्दा महंगो युनिलिभर नेपाल लिमिटेडको नाफा घटेको छ ।

युनिलिभरले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार युनिलिभरले ९६ करोड ५२ लाख नाफा गरेको छ । अघिल्लो वर्ष युनिलिभिरको नाफा १ अर्ब १२ करोड थियो । बैंकको नाफा करिब १६ करोडले घटेको हो ।

युनिलिभरले गत आर्थिक वर्षमा बिक्री बाट मात्र ४ अर्ब ४४ करोड रुपैयाँको आफ्नो उत्पादन बिक्री गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँको उत्पादन बिक्री गरेको थियो ।
उत्पादन बिक्री बढेपनि संचालन खर्च बढेको हुँदा युनिलिभरको नाफा घटेको छ ।

युनिलिभरले एक वर्षको अवधीमा उत्पानको विज्ञापनको लागि हुने खर्च दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७२÷७३ मा २७ करोड रुपैयाँ युनिलिभिरले विज्ञापनमा खर्च गरेकोमा गतवर्ष ४१ करोड रुपैयाँ खर्च गरेको छ ।

कुल संचालन खर्च एक वर्षको अवधीमा युनिलिभरको ७१ करोड ५० लाख रुपैयाँले बढेको छ । उत्पादन बिक्री बढेपनि संचालन खर्चमा भएको बृद्धिको कारण युनिलिभरको नाफा घटेको हो ।

आम्दानी घटेपछि युनिलिभरको प्रति सेयर आम्दानी(इपिएस) घटेको छ । युनिलिभरको इपिएस ३ सय ३१ रुपैयाँ छ । अघिल्लो वर्ष युनिलिभरको इपिएस ४ सय ८२ रुपैयाँ छ ।


क्लिकमान्डु