क्रियटिभ फोरम फर लिटरेचरको मञ्चमा १३ जनाबाट कविता वाचन



काठमाडौं । युवा केन्द्रित संस्था परिवर्तनका आशाले आयोजना गरेको क्रियटिभ फोरम फर लिट्रेचर कार्यक्रमको १२ औ अध्याय मुक्तान थेवा र सुधेश सत्याल लगायतका १३ जना कवि र कवित्रीहरुको कविता वचन गरेका छन् ।

क्रियटिभ फोरम फर लिटरेचर पाक्षिक कवि, कविता र युवाको साहित्यिक भेला हो । जहाँ समसामयिक विषय, समस्याको बारेमा कविता, मुक्तक र गजलको मार्फत प्रकाश पारिन्छ ।

कार्यक्रमको सुरुवात गर्दै परिवर्तनका आशाका अध्यक्ष अजय पाण्डेयले युवाहरु माझ हराउदै गएको भाषा र साहित्य प्रतिको प्रेम र सम्मान पुनः जगाउन यो कार्यक्रम आरम्भ भएको बताए । उनले परिवर्तनका आशाले गर्दै आएको युवा सशक्तिकरणको कामको बारेमा प्रकाश पारे।

कार्यक्रममा बरिष्ट कवी तथा उन्मुक्त पुस्ताका अभियन्ता मुक्तान थेवाले गुरु जि,डोल्मा, बाङ्गे सार्की, फर्सीको मुन्टा र तरकारी बाजेू र पुजु जस्ता कविताले वातावरणलाई नै साहित्यमय बनाए भने युवा माझ लोकप्रिय कवि सुधेश सत्यलले ताली नमार्नु, सस्तो भयो जीवन जस्ता कविता सुनाएका थिए ।

भगवान भट्ट, प्रदिप घिमिरे , लक्ष्मण कटवाल, जस्मिन कर्मचार्य, अभिषेक अर्याल, मधुसुदन अन्तर्मुखी, मोहन सरगम, राजेन्द्र घिमिरे सगर, कान्ति न्यौपानेलगायत कवित्रीहरुले आफ्ना रचनाहरु प्रस्तुत गरे ।


क्लिकमान्डु