नेप्सेमा साढे ४ अंकको वृद्धि, ८१ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.५१ अंकले बढेको छ । नेप्से ४.५१ अंकले बढेर १६२२.३२ विन्दुमा पुगेको हो ।
नेप्सेले जनाए अनुसार आज १ सय ६५ कम्पनीका २७ लाख २६ हजार ८२ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ८१ करोड ५१ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादन मूलक समूह ३२.१६, विकाश बैंक समूह १२.१२, जलविद्युत समूह ११.४५, बैंकिङ सकूह ७.१४ र होटल समूह ६.२७ अंकले बढेको छ ।

यस्तै वित्तिय समूह १.३, बीमा समूह ३४.१९ र अन्य समूह ६.३६ अंकले घटेका छन् ।
सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघु वित्त विकाश बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

यस्तै, नविन ब्यालेन्स फन्ड वानका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु