नबिल बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी नाफा कमाएको नबिल बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अहिले नबिल बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ छ । बोनस सेयर दिएपछि नबिलको चुक्ता पुँजी ८ अर्ब ३ करोड पुग्ने छ ।

बोनस र नगद लाभांश गरेर ४८ प्रतिशत लाभांश प्रस्ताव गरेपछि सेयर बजारमा नबिल बैंकको सेयर माग बढेको छ ।

मार्केट डेप्थ अनुसार नबिलको सेयर किन्न चाहनेहरु बढेको देखिन्छ ।

बजार खुलेको १५ मिनेटमा नबिलको ८५ लाख रुपैयाँको सेयर कारोबार भइसकेको छ ।


क्लिकमान्डु