भारतले भूकम्पमा भत्केका ५० हजार घर बनाइदिने



काठमाडौं । भारतले भूकम्पमा भत्केको ५० हजार घरको पुननिर्माण गरिदिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको क्रममा नेपाल र भारतबीच भूकम्पपछिको पुननिर्माणको विषयमा चारवटा सम्झौता भएको छ ।

भारतले भूकम्पपछि नेपालको पुननिर्माणको लागि १ खर्ब दिने घोषणा गरेको थियो ।

तर,अहिलेसम्म १ रुपैयाँपनि नेपालमा आएको छैन । सोही घोषणा अनुसार भारतले ५० हजार घर पुननिर्माण गर्नको लागि सम्झौता गरेको हो ।

भारतले भूकम्पमा भत्केका विद्यालय,स्वास्थ्य चौकी र सांस्कृतिक सम्पत्ताको पुननिर्माणको गर्नको लागि सम्झौता गरेको छ ।

भूकम्पपछिको पुननिर्माण सम्बन्धी सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतका तर्फबाट विदेश सचिव एस जयशंकरले हस्ताक्षर गरे।

यस्तै भारतले मेची पुलमा फराकिलो पुन बनाइदिने भएको छ । यो सम्बन्धी सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतका तर्फबाट रोड ट्रान्सपोर्ट एन्ड हाइवेज सचिव युद्धवीर सिंहले हस्ताक्षर गरे।

भारत र नेपाल लागु पदार्थको व्यापार रोक्न सहमत भएका छन् । यो व्यापार रोक्ने सम्झौतामा गृह सचिव लोकदर्शन रेग्मी र भारतीय अर्थ मन्त्रालयका रेभेन्यु सेक्रेटरी हसमुख अधियाले हस्ताक्षर गरे।

यस्तै नेपालको गुणस्तर मापदण्ड बृद्धिको लागि पनि भारतले सहयोग गर्ने भएको छ । यो सम्झौतामा नेपाल गुणस्तर तथा मापदण्ड ब्युरोका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतको तर्फबाट सन्जय सिंहले हस्ताक्षर गरे।

नेपाल र भारतबीचको चार्टर्ड एकाउन्टेन्स संस्थाबीच पनि सम्झौता भएको छ । यसमा नेपालको तर्फबाट आइक्यानका अध्यक्ष प्रकाश थापा र समकक्षी निलेश मिकाम्सेले हस्ताक्षर गरे ।


क्लिकमान्डु