सिंहदरवार पुगेर ओलीले दिए देउवालाई १ करोड रुपैयाँ



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा करिव १ करोड रुपैयाँ हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार प्रधानमन्त्री देउवालाई पार्टीको प्रतिनिधि मण्डलसहित भेट्न पुगेका ओलीले चेक हस्तान्तरण गरे ।

ओलीले एमालेका सांसदहरुको तर्फबाट संकलन भएको ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरे ।
एमाले सांसद्हरुले बाढी पीडितको लागि १ महिनाको सहयोग गर्ने घोषणा गरेका थिए । एमालेले आफ्नो जनवर्गिय संगठनलाई राहत तथा उद्दारमा परिचालन गरेको जनाएको छ ।


क्लिकमान्डु