त्रिपुरेश्वरमा बिजुलीको पोलमा रहेको तारमा आगो लाग्यो (फोटो फिचर)



काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र रहेका अव्यवस्थित र लथालिंग रहेका तारहरु व्यवस्थापन गर्न शुरु गरेको केहि दिनभित्रै तारकै कारण सार्वजनिक स्थानमा आगलागी भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा एभेन्यूज टेलिभिजनको नजिकै मुल सडकमा रहेको विद्युतको खम्बामा रहेको तारमा आगो लाग्दा काठमाडौं बारुणयन्त्रबाट दमकल नै बोलाउनुपर्ने अवस्था आएको छ ।

मंगलवार दिउँसो लागेको आगलागीले ठूलो धनजनको क्षति नभएपनि सर्वसाधारणलाई भने त्रसित बनाएको थियो ।सो आगो काठमाडौं बारुणयन्त्रले निभाएको थियो ।

हेरौं तारमा लागेको आगो र दमकलले निभाउँदै गरेको अवस्था फोटोमा ।

 


क्लिकमान्डु