१ लाख रुपैयाँसम्मको बैंकिङ कारोबार गर्दा परिचयपत्र नचाहिने



काठमाडौं। अब बैंकमा १ लाख रुपैयाँसम्म कारोबार गर्दा (झिक्दा वा राख्दा) परिचयत्र देखाउनु नपर्ने भएको छ । यसअघि राष्ट्र बैंकले १ रुपैयाँ कारोबार गरे पनि परिचय खुल्ने परिचय देखाउनुपर्ने व्यवस्था गरेको थियो ।

अर्थमन्त्रालयले राष्ट्र बैकलाई सीमा बढाउन आग्रह गरेको थियो। अर्थको आग्रहअनुसार नै राष्ट्र बैंकले सोमबार निर्देशन जारि गर्दै १ लाख रुपैयाँभन्दा माथि जम्मा गर्न जाँदा मात्र स्रोत र परिचय पत्र खोजिने ब्यवस्था गरेको हो।


पुष्प दुलाल