पशुपतिमा यसरी हुँदैछ कुशको व्यापार (फोटोफिचर)




काठमाडौं । हिन्दु धर्मावलम्विहरुको पौराणिक कथा श्रीस्वस्थानि मा उल्लेख भए अनुसार भगवान बिष्णुले जालन्धरकि पत्निलाइ छल गर्दा पाएको स्रापको एउटा प्रतिबिम्वको रुपमा कुशलाइ लिइन्छ ।

हरेक हिन्दुको घर घरमा आज कुश भित्र्याउने चलन छ । कुशलाइ हरेक शुभकार्यमा पूजाको सामानको रुपमा प्रयोग गर्ने गरिन्छ ।

कुशे औशिमा कुशको व्यापार ठुलै हुने गरेको पाइन्छ । प्राय जसो तराइ क्षेत्रबाट कुश काठमाडौं ल्याउने गरेको व्यवसायी बताउँछन् । एक मुठा कुस २०० रुपैयाँमा होलसेलरले बिक्री गर्ने र त्यस मुठा बाट ब्रामणहरुले साना साना १०० मुठा बनाउने व्यवसायीहरु बताउँछन् ।

  


क्लिकमान्डु