ज्याक माले कमाए एकै दिन १ अर्ब ३० करोड अमेरिकी डलर




काठमाडौं । ज्याक मा, बिशाल इ-कमर्श कम्पनी अलिबाबाका संस्थापक एवं कार्यकारी अध्यक्ष, ले आफ्नो कम्पनीले सार्वजनिक गरेको त्रैमासिक बित्तीय बिवरणसँगै एकै दिनमा १ अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति थपेका हुन् ।

बिहिबार सार्वजनिक गरिएको बित्तीय बिवरणका अनुसार अलिबाबाले पहिलो त्रैमासमा ५८ प्रतिशतले आफ्नो कारोबार बढाएको छ ।

चीनका सबैभन्दा धनाड्य ब्यक्तिले आफ्नो सम्पत्ति तीब्र गतिमा बढाउँदै लगेका छन् ।

बिवरण बिश्लेषकहरुको आंकलन भन्दा निकै बढि आएको हुनाले कम्पनीको सेयर मुल्य पनि ५ प्रतिशतले बढेको थियो । त्यसपछि शुक्रबार थप २ प्रतिशतले बढेको थियो ।

आफ्नो कुल सम्पत्तिको आधीभन्दा बढि हिस्सा अलिबाबाको सेयर भएको ज्याकका लागि त्यो २४ घण्टा अत्यन्तै फाइदाजनक थियो ।

फोब्र्सका अनुसार ज्याकको कुल सम्पत्ति ३८ अर्ब २० करोड अमेरिकी डलर रहेको छ । उनी चीनको सबैभन्दा धनी ब्यक्ति हुन् ।

शुक्रबारसम्म कुल बजार पुँजीकरण ४ सय २५ अर्ब डलर भएको अलिबाबाले पछिल्ला त्रैमासहरुमा निकै आर्कषक बित्तीय बिवरण पस्कदैं आएको छ । बिशेष गरी ‘क्लाउड कम्प्युटिङ’ र ‘इ-कमर्श’ बिभागहरुमा । त्यसैकारण अलिबाबाका सेयरधनीहरु निकै सन्तुष्ट छन् ।

कम्पनीको सेयर मुल्य यो बर्ष मात्रै ९० प्रतिशतले बढिसकेको छ । ५२ बर्षिय ज्याकले सन् १९९९मा अन्य १७ जना सह-संस्थापकहरुको साथमा अलिबाबाको स्थापना गरेका थिए । र, उनले शुरु देखि नै कम्पनीको नेतृत्व सम्हालेका थिए । उनको हाल अलिबाबामा ५ प्रतिशत सेयर हिस्सेदारी छ ।

कम्पनीले आफ्नो ब्यवसाय बढाएसँगै ज्याकको पनि सम्पत्ति बढ्दै गएको हो । बिगत ४ बर्षमा मात्र ज्याकको सम्पत्ति ५ गुणाले बढिसकेको छ ।

इ-कमर्श ब्यवसायकै अर्का बादशाह जेफ बेजोस, अमेजोनका संस्थापक, को सम्पत्ति पनि सन् २०१५ गते देखि मात्र दुई गुणा भैसकेको छ । ८१.७ अर्ब डलरका मालिक जेफ गत महिना बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका थिए ।


क्लिकमान्डु