सिटिजन्स बैंकले १६ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ १ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट यस्तो लाभांश दिने निर्णय गरेको हो ।

बैंकले संचालक समितिले गरेको सो निर्णयको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ । सो १७ प्रतिशत लाभांशमध्ये १६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो ।


क्लिकमान्डु