बाढी पीडितलाई सगुनको १० हजार डलर सहयोग




काठमाडौं । समाजिक संजाल सगुनले नेपालका बाढी पहिरो पीडितलाई १० हजार अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।

सगुनले प्रेस विज्ञप्ति जारी गर्दै सो रकम बराबरको आर्थिक सहयोग गर्ने जानकारी दिएको हो ।

दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पको समयमा सुन्तली धुर्मुस मार्फत सगूूनले भूकम्प पीडिलहरुलाई सहयोग गरेका थियो । यस पटक सगूनले घोषणा गरेको सहयोगको रकम दुईवटा संस्थाः एनआरएनएनसीसी, अमेरिका तथा धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत उपलब्ध गराइने भएको छ ।

एनआरएनएनसीसी अमेरिकाले यसै कार्यक्रमको लागि गरिरहेको सहयोग संकलन अभियानमा सगुनले हातेमालो गर्ने र साथमा धुर्मुस–सुन्तली फाउण्डेसनले पीडितहरुको घरआगनमा पुगेर राहत वितरणको काम शुरु नै गरिसकेकोले तत्कालै राहत उपलब्ध हुन सकोस भनि धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत पनि सहयोग उपलब्ध गराइने सगुनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालको प्राकृतिक विपत्तिले ठूलो क्षति पुर्याएको भन्दै सगुनले आफ्ना लगानीकर्ताहरु, प्रयोगकर्ताहरु, शुभचिन्तकहरु लगायत विश्वभरका नेपालीहरुसँग समेत बाढी पीडितलाई राहतमा सक्दो सहयोग गर्न आव्हान गरेको छ ।


क्लिकमान्डु