टेलिकमले कमायो १५ अर्ब नाफा, इपिएस १०० रुपैयाँ



काठमाडौं । सरकारी लगानीको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७२/७३ मा १५ अर्ब नाफा गरेको छ ।

नेपालको सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी नाफा गर्ने कम्पनी नेपाल टेलिकम हो ।

टेलिकमले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार नाफा करिब ३० प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा टेलिकमको नाफा ११ अर्ब ६१ करोड थियो ।

टेलिकमले सेवा बिक्रीबाट गत आर्थिक वर्षमा ४० अर्ब कमाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३० अर्ब थियो । अन्यबाट ४ अर्ब आम्दानी गरेको छ ।

टेलिकमले २४ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा खर्च गरेको छ । अघिल्लो वर्ष टेलिकमले १७ अर्ब ५३ करोड रुपैयाँ खर्च गरेको थियो । ५ अर्ब ४७ करोड रुपैयाँ आयकर वापत राज्यलाई तिरेको छ ।

१५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमको प्रति सेयर आम्दानी १०० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष टेलिकमको इपिएस ८८ रुपैयाँ ४७ पैसा रहेको थियो ।

१०० रुपैयाँ इपिएस भएपनि सेयर आपूर्ति बढी भएको हुँदा टेलिकमको सेयर मुल्य भने बढी छैन । स्टक एक्सचेन्जका अनुसार टेलिकमको सेयर मुल्य मंगलबार ६९९ रुपैयाँ छ ।

टेलिकमले बोनस सेयर नदिने भएको हुृँदा यसको सेयर मुल्य त्यती ठूलो उतारचढाव भने आउने गरेको छैन ।

टेलिकमको पिइ रेसियो ६.७४ रहेको छ ।


क्लिकमान्डु