पैसा नभएको खाताको चेक काट्दै हुनुहुन्छ ? कालोसूचिमा परिएला नि !



काठमाडौं । पैसा नभएपनि चेक काट्ने व्यक्ति वा संस्था अब कालो सूचिमा पर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा खातामा प्रयाप्त मौज्जात नभएर चेक काट्ने व्यक्ति सिधै कालोसूचिमा पर्ने उल्लेख गरेको छ ।

कालोसूचिबाट हट्नको लागि यसरी मौज्जात नभएपनि काटिएको चेकको रकम भुक्तानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

कालोसूचिमा परेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइदैन भने संगठित संस्थाको संचालक बन्नपनि अयोग्य हुने व्यवस्था छ ।


क्लिकमान्डु