साउन ३१ गते अष्ट्रेलियन एजुकेशन फेयर हुने



काठमाडौं । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । साउन ३१ गते होटल अन्नपुर्ण काठमाण्डौंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने आयोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले जनाएको छ ।

प्रत्येक वर्ष, बर्षको तीन पटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आएको एक्सपर्ट एजुकेसनका अनुसार यो फेयर अन्यभन्दा पृथक हुनेछ । सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो ।

सम्वन्धित कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर, प्रोफेसर, एकेडेमीक प्रमुख लगायतको उपस्थित रहने संग्रौलाले बताए । ‘फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरु, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्छन्’ संग्रौलाले भने ।


क्लिकमान्डु