अल्पाइनको सेयर भर्ने आज अन्तिम दिन




काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले आफ्ना शेयर धनीहरुलाई बितरण गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले आवेदन दिन बाँकी शेयर धनीहरुले आइतबार बैंकिङ समय भित्र आवेदन दिन आग्रह गरेको छ ।

बैंकको गत जेठ २१ गतेभन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई ३ कित्ता शेयर बराबर २.०८ कित्ता शेयर अनुपातमा हकप्रद प्रदान गरेको हो ।

बैंकले १ सय रुपैयाँ आंकित १८ लाख ३ हजार २ सय ४७ कित्ता हकप्रद शेयर निश्कासन गरेको हो । गत असार २५ गतेबाट निश्कासन बिक्री थालेको बैंकको सेयर भर्ने आज अन्तिम दिन हो ।


क्लिकमान्डु