सम्पर्क बिहिन बन्यो काठमाडौं, सडकमा पहिरो, विमानस्थल जलमग्न




काठमाडौं । भारी वर्षाका कारण सडक र हवाईमार्ग दुवै संजालबाट काठमाडौं सम्पर्क विच्छेद बन्दै गएको छ ।

शुक्रबार मध्यरात बाट सुरु भएको वर्षा आइतबारसम्म पनि रोकिएको छैन । जसका कारण सडक मार्गमा पूर्व पश्चिम राजमार्गको ठाऊ–ठाऊमा पहिरो खसेको छ । भने हवाई मार्ग समेत मौसम खराव तथा विमानस्थल जलमग्न हुदाँ अधिकांस उडानहरु प्रभावित भएको छ ।
पूर्वपश्चिम राजमार्गको बारामा पुल भत्किएको छ । भने त्यस्तै पश्चिम तर्फ दाउन्नेमा पुल भत्किएको छ ।

काठमाडौं बाट मात्र नभएर अन्य विमानस्थलबाट हुने दुर्गम क्षेत्रको समेत उडान प्रभावित हुदाँ सवै जसो क्षेत्रमा हवाई सम्पर्क विच्छेद भएको हो ।

त्यस्तैगरी मुग्लिन नारायणगढ सडक खन्ड अवरुद्ध भएको छ । अहिले काठमाडौंमा एक मात्र सिन्धुली-बर्दिबास सडक खन्डबाट मात्रै काठमाडौंमा आवतजावत भइरहेको छ । अहिले सवैजसो क्षेत्रका सडकमा सवारीहरु रोकिएका छन् ।

आइतबार पनि अधिकांस उडान प्रभावित

मौसम खराव भएपछि देशभरका अधिकांस क्षेत्रमा हवाई उडान प्रभावित हुदाँ काठमाडौंसंग हवाई सम्पर्क समेत विच्छेद भएको छ । काठमाडौंबाट हुने ‘ट्रंक रुटमा’ तथा दुर्गम रुटमा समेत हवाई उडान हुन नसकेपछि सवै जसो उडानहरु प्रभावित भएका छन् ।

शनिबार मात्रै २ सय भन्दा बढी उडान/अवतरण रद्द भएकोमा आइतबार पनि अधिकांस क्षेत्रमा उडान हुन नसक्ने विमानस्थल कार्यलयले जानकारी दिएको छ ।

भारी वर्षाका कारण तराई क्षेत्रका विमानस्थल जलमग्न भएका छन् । मौसममा सुधार नआएपछि आइतबार पनि माउन्टेन फ्लाइट समेत रोकिएको छ । भने लुक्ला तर्फ पनि उडान हुन नसकेको विमानस्थल कार्यालयको भनाई छ । उडान अवरुद्ध हुदाँ हजारौ यात्रुहरु मारमा परेका छन् ।

विमानस्थल कार्यालयका अनुसार तराईका कुनै पनि विमास्थलमा शनिवार उडान हुन सकेको थिएन । भने आइतबार पनि कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

दैनिक काठमाडौंबाट मात्र ३ सय भन्दा बढी उडान/अवतरण हुने गरेको छ । जसमा शनिबार पोखरा, भैरहवा, भरतपुर तथा धनगढीमा मात्र उडान भएको थियो । बाँकी हुनै पनि क्षेत्रमा उडान हुन नसकेको छैन ।

काठमाडौं बाट मात्र नभएर अन्य विमानस्थलबाट हुने दुर्गम क्षेत्रको समेत उडान प्रभावित हुदाँ सवै जसो क्षेत्रमा हवाई सम्पर्क विच्छेद भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार काठमाडौंबाट हुने पूर्व मात्रै नभएर पश्चिम तर्फ पनि उडान हुन नसकेको जानकारी दिए । काठमाडौंबाट नेपालगन्ज , विराटनगर, जनकपुर, भद्रपुर क्षेत्रमा आइतबार समेत उडान हुन नसक्ने प्रवक्ता ठाकुरले जानकारी दिए । त्यसतर्फ उडान भर्ने सवैजसो एयरलाइन्स कम्पनीहरुले उडान रद्द गरेका छन् ।

पूर्वका विमानस्थलहरुमा रन-वे देखि टर्मिनल भवन सम्म डुबानमा परेको छ । विराटनगर विमानस्थलमा शुक्रबारबाट मात्रै व्यवसायिक उडान थालेको श्री एयरलाइन्सको सिआरजे-२०० सिरिजको जहाज विमानस्थलमा अलपत्र परेको छ । विराटनगर, जनकपुर, नेपालगन्ज र भद्रपुर विमानस्थलमा मात्रै दैनिक १ सय भन्दा बढी उडान हुने गरेको छ ।


क्लिकमान्डु