एनआईसी एशिया बैंकले २० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।


क्लिकमान्डु