नोट केरमेट गर्नेलाई अब ३ महिना जेल



काठमाडौं । नोट केरमेट गर्नेलाई अब ३ महिना जेल सजाय हुने भएको छ ।

व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले नोट सुरक्षाको लागि बारम्बार पहल गरेपनि नोट सुरक्षा प्रभावकारी हुन सकेको थिएन ।

सरकारले नोट केरमेट गर्ने र नोटलाई बिगार्नेलाई फैजदारी संहितामा राखेको हुँदा नोटमा केही लेखेमा कारवाही हुने व्यवस्था भएको छ ।

सर्वोच्च अदालतले नोट केरमेट तथा जथाभावी स्टिज नलगाउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेशपनि जारी गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको थियो ।

व्यवस्थापिका संसद्ले मुलुकु ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो । जसमा पछिल्लो समय थपिएका अपराधलाई कानूनी कारवाहीको दायरामा ल्याइएको छ ।
पछिल्लो समय लोकप्रिय बनेको सामाजिक संजाल दुरुपयोग गर्नेलाई २ वर्ष कैद र २० हजार जरिवाना हुने उल्लेख गरिएको छ ।


क्लिकमान्डु