बाजुराको मार्तडीमा सक्षमको सहकार्यमा एनअाइसी एसिया बैंक



काठमाडौं । एनआईसी एशिया बैंकले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो निजी वाणिज्य बैंक सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रममा युके एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा उक्त स्थानमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पुर्याएको हो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एनआईसी एशिया बैंक र युके एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

यस बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ ।  शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

हाल सम्म यस बैंकको ११९ शाखा कार्यालयहरु, ७८ एटीएम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु संचालनमा रहेका छन् ।

सक्षम युकेएडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफआई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्यहरु गरिरहेको छ ।


क्लिकमान्डु