लक्ष्मी बैंक पनि पुग्यो अर्बपति क्लबमा, नाफा १ अर्ब



काठमाडौं । लक्ष्मी बैंकपनि अर्ब नाफा कमाउने बैंकको सूचिमा पुगेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७३/७४ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब २४ लाख ७७ हजार खुद नाफा गरेको छ । बैंकको अघिल्लो वर्ष नाफा ६७ करोड ७१ लाख थियो ।

बैंकले १ अर्ब नाफा कमाउँदा ब्याज आम्दानीबाट १ अर्ब ६५ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानीबाट १ अर्ब ३० करोड कमाएको थियो ।

७ अर्ब ४७ करोड चुक्ता पुँजी भएको बैंकले असार मसान्तसम्ममा ५९ अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ५२ अर्ब ७३ करोड गरेको छ ।

अघिल्लो वर्ष बैंकको निक्षेप ४८ अर्ब १५ करोड निक्षेप थियो भने कर्जा ४० अर्ब ३५ करोड थियो । बैंकको रिर्टन अन इक्यिुटी ११.६९ प्रतिशत रहेको छ । अघिल्लोव वर्ष आरओई १३.८ प्रतिशत थियो ।

बैंकले ब्यालेन्ससिटमा इपिएस २५ रुपैयाँ ४३ पैसा रहेको रहेको देखाएको छ । चुक्ता पुँजी र बैंकले गरेको नाफा अनुसार इपिएस भने ब्यालेन्ससिटमा बढी देखिएको छ ।


क्लिकमान्डु