माछापुच्छ्रे बैंकले काठमाडौं ल्यायो केन्द्रिय कार्यालय



काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं ल्यायो केन्द्रिय कार्यालय बैंकको आज बसेको विशेष साधारणले आफ्नो केन्द्रिय कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरेको छ । यसअघी बैंकको केन्द्रिय कार्यालय नयाँबजार, पोखरामा र कर्पोरेट कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको थियो ।

बैंकको विशेष साधारण सभाले नियामक निकायहरुले गरेका परिवर्तित व्यवस्थाहरुलाई समेट्न प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्थाहरु समेत परिमार्जन गर्ने विषय पारित गरेको छ ।

६ अर्ब ५९ करोड ८७ लाख चुक्तापुँजी रहेको यस बैकले २०७४ साल आषाढ मसान्त सम्ममा ५८ अर्ब ६३ लाख निक्षेप परिचालन गरी ५१ अर्ब ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले आफ्नो चुक्तापूँजी ८ अर्व पुर्याउन हाल १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।


क्लिकमान्डु