कामना र सेवा भए मर्ज, चुक्तापुँजी २ अर्ब ६ करोड



काठमाडौं । पोखरमा केन्द्रिय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंकले एकापसमा मर्ज भई श्रावण २० गते देखि एकिकृत कारोबार सुरु गरेका छन् ।

मर्जर पछि दुबै बैंकको नाम रहने गरि कामना सेवा विकास बैंकको नामबाट एकिकृत कारोवार सुरु भएको हो । बैंकको एकिकृत कारोबारको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले कामना सेवा विकास बैंकले राष्ट्र बैंकको नीति सार्थक वनाएकोमा धन्यवाद दिए ।

नयां बन्ने विकास बैंकको केन्द्रीय कार्यालय साविक कामना विकास बैंकको केन्द्रीय कार्यालय सिर्जनाचोक, पोखरामा रहने बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।

एकिकृत कारोबार पछि बैंकको चुक्ता पूँजी २ अर्व ६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरि निक्षेप १२ अर्व ६० करोड, कर्जा ११ अर्व ५१ करोड रुपैयाँ पुगेको छ । शाखा संख्या ४० एटिएम संख्या १६ र ग्राहक संख्या १ लाख ७१ हजार र कर्मचारी संख्या ३३१ जना पुगेको छ ।


क्लिकमान्डु