गरिमा बिकास बैंकद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न




काठमाडौं । गरिमा बिकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले साउन १६ र १७ गते पर्वत जिल्लाको फलेवास र कुस्मा नगरपालिकामा करिव १ सय ३० घर परिवारलाई बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीय बासीलाई बित्तिय साक्षरताको महत्व तथा उद्देस्यका बारेमा बरिष्ठ प्रबन्धक अनुमान श्रेष्ठले जानकारी गराएका छन् ।

स्याङजाबाट पोखराहुँदै काठमाडौंमा केन्दिय कार्यालय स्तान्तरण गरेको बैंकले देशभर ४७ वटा शाखा कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल