एनआईसी एशियाको विदेश जाने ग्राहकलाई डलर सटही सुबिधा



काठमाडौं । एनआईसी एशिया बकले अमेरिकी डलर आयात गरी बिदेशजाने आफ्ना ग्राहकलाई डलर उपलव्ध गराउन सूरु गरेको छ । नेपाल राष्ट्र बैंकले क वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सक्ने व्यवस्था गरे अनुरुप डलर आयात गर्न सूरु गरिएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

नेपाल राष्ट्र बैकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २५०० अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

बैंकले हालका लागि आफ्नो काठमाडौं भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी शाखाबाट सेवा दिदै आएको छ ।

साथै, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) तथा उपत्यका बाहिरका शाखा कार्यालयहरु (विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवल आदि) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

साथै, बैंकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेशनल डेबिट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु