स्वाइन फ्लुबाट मुत्यु हुने संख्या ६ पुग्यो, कसरी बच्ने ?



काठमाडौं । बुधवार काठमाडौंको ग्रीनसिटी अस्पतालमा स्वाइन फ्लूको कारण पोखराकी ३६ वर्षिय महिलाको मृत्यु भएको छ ।
स्याङ्जा,पोखरा,बागलुङ र झापामा स्वाइन फ्लुको लक्ष्यणहरु देखिएको छ । यसभन्दा अगाडि काठमाडौैंमा ३ जनाको मृत्यु स्वाइन फ्लुको कारण भइसकेको छ ।

पछिल्लो ६ महिनामा स्वाइन फ्लुको कारण ६ जनाको मृत्यु भएको छ । यो पटक स्वाइन फ्लुको भाइरस स्याङ्जाबाट फैलिएको थियो । स्याङ्जा लगायत प्रभावित जिल्लामा विशेषज्ञ टोली गएपनि प्रभावकारी ढंगबाट रोग नियन्त्रणमा आउन सकेको छैन ।

कसरी बच्ने ?

रुघाखोकीलाई हामीले सामान्य रुपमा लिन्छौ । अहिले मौसम पानी नपर्दा गर्मी हुन्छ भने पानी परेपछि चिसो हुने हुन्छ । यस्तो अवस्थामा रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ । यस्तो मौसममा स्वाइन फ्लुको लाग्न सक्ने सम्भावन बढी हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर प्रदिप तिवारी बताउँछन् ।

‘यस्तो मौसममा स्वस्थ व्यक्ति स्वाइन फ्लु लाग्न सक्छ’, उनले क्लिकमाण्डूसँग भने, ‘रोग लाग्न नदिन सावधानी अपनाउनुपर्छ।’

यस्तो रोगको लक्षण खोकी लाग्ने,ज्वरो आउने, घाटी दुख्ने,वाकवाकी लाग्ने लगायतका हुन्छ । यस्तो लक्ष्यण देखिएमा अस्पताल गएर यसको परिक्षण गर्नुपर्छ । परिक्षणपछि मात्र स्वाइन फ्लु लागेको नलागेको यकिन गर्न सकिन्छ ।

यसबाट बच्न सबैभन्दा पहिला हात धुने काम गर्नुपर्ने सुझाव शिक्षण अस्पतालका डाक्टर तिवारीको छ ।

‘नाइन एमको माक्स लगाएर हिड्ने गर्दा यो रोग लाग्ने सम्भावना कम हुन्छ’, उनले थपे, ‘भिडभाडमा नजाने तथा रोगीसँग सिधा सम्पर्क गर्नुहुँदैन।’


क्लिकमान्डु