अब एनसेलले १०० प्रतिशत बढी सापटी दिने



काठमाडौं । एनसेलले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा गरेको अवसरमा ४० रुपैयाँ सापटी अफर ल्याएको छ ।

सापटीको यो नयाँ योजना बुधबार (आज) देखीलागु हुने कम्पनीने जनाएको छ । सापटी सेवाअन्र्तगतको रकममा वृद्धि गरी दोब्बर बनाइएपनिग्राहकले पुरानै सेवाशुल्क २ रुपैयाँ (कर बाहेक) मा यो सेवाबाट लाभलिन सक्नेछन् ।

आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सो भन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चितगर्नका लागिएनसेलले सन् २०१२ देखि सापटी सेवाप्रदानगर्दै आइरहेको छ ।

दुई महिना वा सो भन्दा बढि समय देखि एनसेल प्रिपेड सिमप्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्नेछन् ।

प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउनतथाएनसेलको कुनै पनि सेवाप्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रिपेड सेवाकाग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् ।

त्यसैगरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । डबल सापटी योजना ९० दिनको लागि मान्य रहनेछ ।


पुष्प दुलाल