पौने ९ करोड नाफा कमाएको पोखरा फाइनान्सको एफपीओ साउन २५ बाट



काठमाडौं । पोखरा फाइनान्सले सर्बसाधारणमा जरी गर्न लागेको फर्दर पब्लीक इस्यु (एफपीओ) साउन २५ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

फाइनान्सले १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत १२० रुपैयाँ थपगरी २२० रुपैयाँमा अफपीओ बिक्री गर्न लागेको हो ।

फाइनान्सले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता सेयर बिक्री गर्ने छ । अफपीओ बिक्री पश्चातः फाइनान्सको चुक्तापुँजी ६५ करोड ५७ लाख ८८ हजार पुग्ने छ ।

कम्पनीले गत आबको अपरिष्कृत वित्तीय बिबरण समेत आज सर्बजनिक गरेको छ । उसले गत आबमा ८ करोड ७७ लाख खुदनाफा आर्जन गरेको छ ।

उसले सो अबधीमा ३ अर्ब ६१ करोड निक्षेप संकलनगरी ३ अर्ब ३२ करोड कर्जा प्रबाह गरेको छ ।


क्लिकमान्डु