नेप्सेको गति कायमै, अर्ब माथिको कारोबार




काठमाडौं । मंगलबार पनि नेप्सेले आफ्नो बृद्धिको गतिलाई कायमै राखेको छ । मंगलबार नेप्से ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ ।

मंगलबार १५८ कम्पनीका २१ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि अर्ब नाघेको छ ।

उपसूचकहरुमा बीमा ४१.६२ र होटल ३.१२ अंकले घेटेका छन् भने अरु सबै बढेका छन् । बैंकिङ १.३८, बिकास बैंक ४४.५९, जलबिद्युत १६.१८, बित्त ८.५४, उत्पादन ४३.५४ र अन्य ९.५५ अंकले बढेका छन् ।

मंगलबार सबैभन्दा बढि कारोबार नागबेली लघुबित्तको ७ करोड १० लाख रुपैंयाँको भएको छ । यसैगरी ओरियन्टल होटलको ३ करोड ९७ लाख, मुक्तिनाथ बिकास बैंकको ३ करोड ४४ लाख, प्रभु बैंकको ३ करोड २७ लाख र नेपाल लाइफको २ करोड ७७ लाख रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार नेशनल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन डिस्टिलरी, कुबेर मर्चेन्ट र जानकी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

यसैगरी सबैभन्दा धेरै गुमाउनेमा नेपाल कम्युनिटी बिकास बैंकका लगानीकर्ता रहेका छन् । उनीहरुले ८.६२ प्रतिशतले गुमाएका छन् । अरुण फाइनान्स र वल्र्ड मर्चेन्टका लगानीकर्ताले पनि क्रमशः ६.१५ र ५.४७ अंकले गुमाएका छन् ।


क्लिकमान्डु