अर्थमन्त्रालयले नेप्सेको सिइओ नियुक्त गर्न आवेदन माग्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागि अर्थ मन्त्रालयले आवेदन मागेको छ ।

नेप्सेमा प्रमुख कार्यकारी अधिकृत रहेका सिताराम थपलियाको कार्यकाल सकिएपछि नेप्सेमा सिइओ पद खाली रहेको छ । अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले ठाडो प्रस्तावमा नेप्सेमा प्रमुख कार्यकारी नियुक्त गर्न नमानेपछि छनोट तथा सिफारिस समिति गठन गरिएको छ ।

सिफारिस समितिले आज सिइओ नियुक्तीको लागि सार्वजनिक सूचना जारी गरेर आवेदन मागेको छ ।

धितोपत्र पुँजी बजार तथा बैकिङ क्षेत्रमा ५ वर्ष अनुभव भएको तथा व्यवस्थापनआर्थिक विषय तथा कानूनी विषयमा स्नातकोत्तर उपाधी हासिल गरेको व्यक्तिलाई आवेदन मागिएको छ । आवेदन दिनेले आफ्नो कार्ययोजनापनि पेश गर्नुपर्ने छ ।

सिफारिस समितिले आवेदन प्राप्त भएका प्रस्तावबाट ३ जना व्यक्तिको नाम छनोट गर्ने छ ।


क्लिकमान्डु